Wednesday, February 26, 2025

तस्करीको सेटिङ गर्न गएका फर्केकलैया ।

ताजा / भरखरै प्राप्त

तस्करी गरेर राजश्व छलि रहेका काराेवारीहरू अहिले सेटिङ नमिलेर तस्करी गर्न नपाउंदा छट्पटीमा परेका छन् । कवहीगाेठ स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सेटिङ मिलाएर तस्करी गर्नेहरू यतिबेला तस्करी गर्न नपाएर छट्पटीमा छन् । सशस्त्र प्रहरीकाे कवहीगाेठ स्थित कार्यालयमा सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादव आएका छन् । उनी भर्खर आएको कारण लाइन दिएका छैनन् । पछि के गर्छन् , त्यो भने हेर्न बांकी नै छ । तर तस्करी काराेवार गर्ने खेना भन्नेले आफ्नो एकजना दूत निरीक्षक यादवलाई भेट्न पठाएका थिए । हामीलाई प्राप्त सुचना अनुसार निरीक्षक यादवले लाइन तत्काल दिन नसक्ने भनेर फर्काइ दिए । साथै खेनाकाे समूहले अहिले पनि राति १२ बजेपछि लङ्गडाटाेलबाट भने सुखा र कपडाको तस्करी काराेवार गरिरहेका छन् । १२ बजेपछि प्रहरीको कम उपस्थिति भए पछि तस्करी धन्दा गर्ने गरेको सुचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।नव जनप्रहार साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles