पर्सा जिल्लाका जिराभवानी नगरपालिका जिराभवानीको मेलामा व्यापक अनिमियतता भईरहेको व्यवसाईहरूले बताउँछन् ।
जिराभवानी मेलामा ठेकेदारले नियम बिपरित व्यवपारिबाट
रकम असुलि गर्दै, आएको आरोप लागिएको छ ।
पर्साको जिराभवानी गाँउपालिकामा शिवरात्रिको दिने देखि दस दिनसम्म लागिएको मेलामा ठेकेदारको मनपरि भएको बताइएको छ ।
स्टल बुकिङ्गको लागि प्रति दिन १० रुपैया प्रति स्कायार फिट,तरकारी पसलको लागि प्रति पसल २० ,
चुरा पसलका लागि २० प्रति पसल, रेडिमेड पसल सानो ५०
प्रति दिन,रेडिमेड पसल ठुलो १०० प्रति दिन, माछा बेच्ने पसल ५० प्रति दिन, र माछा मासु तथा मदिरा सहितको होटलको प्रति पसल ५०० ठेका सकार भएपनि ठेकेदारले नियम बिपरित रकम असुल गरेको व्यवसायिहरूले आरोप
लगाएका छन् ।
ठेकेदारका मनपरि कारण व्यवपारिहरु मानसिक तनावमा रहेको पसल गर्ने हरूले बताउँछन् ।
ठेकेदारले अबैध रकम दोब्बर तेब्बर असुली गर्नका लागि मेलामा करिब एक दर्जन भन्दा बढि मानिस परिचालन गरेको पसल गर्नेहरूले बताएको छन् ।
जिराभवानीमाईको मेलामा खाने कुरो जस्तो अमुल्य चिजहरू जेरी,मिठाई,भाजा, अण्डा जस्ता खाद्यय बस्तुहरु धुलाम्य सडकमै बिक्री भएको देखिन्छ ।
सडकमा पानी छर्ने जिम्मा पाएका ओमप्रकाश मुखिया ठेकेदारले पानि पनि छर्किएका छैनन् ।
ओमप्रकाश मुखिया ठेकेदारज्यु ।