२५ लाख रुपैयाँ भन्दा बढी जरिबाना र ७ बर्ष बढी कैद असुली गरेको छ।
विभिन्न अपराधमा संलग्न रही जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ती प्रतिवादीहरूलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
यस आर्थिक वर्षको साउन महिनादेखि फागुन १९ सोमाबारसम्म फैसला कार्वान्यन अन्तर्गत ४६० र वारदातपश्चात ३१२ गरी कुल ७७२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो,रौतहट जिल्ला प्रहरी प्रमुख (एसपी)दिलीप घिमिरेले बताएको हो ।
उनीहरूमाथि विभिन्न मुद्दामा गरिएको कुल २५ लाख ३६ हजार १३१ रुपैयाँ दण्ड जरिवाना र ७१ वर्ष ५ महिना २ दिन कैद भुक्तान तथा असुलीको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला
प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएको हो ।
राैतहटका(एसपी) दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत हालसम्म ती फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो,बताएको
छन् ।
पक्राउ परेका प्रतिवादीहरु अदालतको अवहेलना, अनुचित लेनदेन, आपराधिक उपद्रव, अभद्र व्यवहार, किर्ते जालसाजी, कर्तव्य ज्यान, कुटपिट अंगभंग, घरेलु हिंसा, चेक अनादर, चोरी, डाँका, धर्म सम्बन्धमा, बोक्सीको आरोपमा दुर्व्यवहार, हात हतियार खरखजाना, बहुविवाह, बालविवाह, नागरिकता लगायतको मुद्दामा दोषी ठहर भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।