Sunday, June 29, 2025

गाैरका पुर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र:-

ताजा / भरखरै प्राप्त

भुमाफियाको बारेमा राैतहटका जनता सबैले जानकारी भएको पुरानो तस्कर एंम नयाँ तस्करी गर्नेहरुसंग पाटनरी गर्ने र रैतहट सदरमुकाममा रहेको राइस् मिलका जग्गा
बिक्री गर्न लागेको जग्गालाई रोक्का राखि गर्न र दोषी माथि कार्वाहीको माग अजय गुप्ताले गरेको छन् ।

प्रेमचन्द्र झा
फाल्गुन २१ गते
रौतहट । गाैरका पुर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीलाई भेटी राईस मिलको जग्गा भुमाफियाले बिक्री गर्न लागेमा जग्गा रोग्गा राखि दोषी उपर कार्वाहीको माग सहितको ज्ञापनपत्र बुझाएका छन । राैतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले बुधबार दिउसो बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भुमाफियाले
गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेकोमा जग्गा राेक्का राखि दोषीलाई कार्वाही गर्न माग गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंग पुर्व नगर प्रमुख गुप्ताले नक्कली कागजपत्र तयार गरी ठूलो आथिर्क चलखेल मचाई जग्गा हडपन खोज्ने उपर छानबिन गरी कार्यवाही गर्न अनुराेध गरेका छन । बुझाएका छन
प्रधानमन्त्री नेपाल सरकार मन्त्रीपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं सम्बाेधन गरि बुझाएको ज्ञापन पत्र अनुसार गौर नगरपालिका स्थित राइस मिलको जग्गा बर्षों देखि सार्वजनिक रुपमा प्रयोग भइ बिभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदान को रुपमा प्रयोग भै आइरहेकोमा बेला बखतमा भुमाफियाहरु नक्कली कागज खडा गरि बिक्री वितरणको लागि प्रयासरत रहेका छन । हाल भुमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आथिर्क चलखेल गरि सो जग्गा भागबन्डा गरि खेलमैदानको अस्तित्व नै समाप्त हुने गरि रौतहट वासिका सपनालाई धमिलो पार्ने उदेश्यका साथ अगाडी बढेकोमा अबिलम्ब सो जग्गा बिक्रि बितरणमा रोक लगाई दोषीहरु माथि छानबिन गरि कारर्वाही तथा सो जग्गा संरक्षण गरि सार्बजनिक गर्नुहुन पुर्व नगर प्रमुख गुप्ताले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा उल्लेख छ । सो ज्ञापन पत्र मार्फत साविक गाैर गाविस वडा नम्बर सातको किता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३को ०.९.० जग्गा राेक्का राख्न माग
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles