Sunday, June 29, 2025

नेपालीरुपैयाँ२५ लाख सहित हुन्डी कारोबारी पक्राउ:-

ताजा / भरखरै प्राप्त

भारतबाट नेपालको कलैया तर्फ आउँदै गरेको नेपाली नोट २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ परेको छन ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माइस्थान चौकका २५ वर्षीय अभिनास कुमारलाई भारतिय प्रहरीले पक्राउ गरेको हो,
जनाएको छ।

अभिनासले चलाएर गरेको मोटरसाइकलमा झोलाभित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार रुपैयाँ बरामद भएको भारतिय एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताएको छन् ।

सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुण्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएका हो।

उनले लामो समयदेखि भारतबाट हुण्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छन् ।

नेपाली र भारतीय रुपैयाँ मोटरसाइकलसहित अभिनास कुमार लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भारतीय झरौखर थानामा बुझाइएको एसएसबी बेसक्याम्प जमुनियाले जनाएको छ ।

पछिल्लो समय देखिनै रौतहट र बाराको विभिन्न स्थानमा नेपाली र भारतीय रुपैयाँको हुण्डी कारोबारीमा सक्रिय रहेको भारतिय प्रहरीले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles