काठमाडौंको शंकरापुर नगरपालिका वडा नम्बर ६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थमा टिपर छिर्दा तीनजनाको मृत्युु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा २१ वर्षका आकाश र २१ वर्षको सुमन रहेको भने अर्को ४५ वर्षका हरिजन रहेका छन् ।