तस्करीको समान बाराका खेना नामका काराेवारीकाे भएको प्रहरीद्वारा जानकारी नवजनप्रहार ।
जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलि गरेर तस्करी गरेर ल्याएको सामान ठूलो मात्रामा बरामद गरेको छ । एसपी सन्तोष तामाङलाई तस्करी भैरहेको सुचना प्राप्त हुनासाथ उनले जिल्लाकाे क्राइम टाेलीलाई परिचालन गरेका थिए । क्राइम टाेलीले उक्त सामान बरामद गर्न सफल भएको हो ।
बारामा नेपाल प्रहरीकाे स्थानीय स्थानीय युनिट , सशस्त्र प्रहरीको स्थानीय तथा गण प्रमुख र राष्ट्रिय अनुसन्धान बिभागका स्थानीय समेतलाई मिलाएर खेना नाम गरेका मुख्य र उनको समूहले लामो समयदेखि बारामा तस्करी धन्दा गर्दै आइरहेका थिए । एसपी तामाङ हाजिर भए पछि पनि यो समूहले स्थानीय प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी धन्दा गर्दै आइरहेकाे थियो । यो सुचना पाएका एसपी तामाङले बिहीबार गंजभवानीपुरबाट तस्करी भैरहेको सुचना पाएपछि सामान बरामद गर्न प्रहरी परिचालन गरेका थिए । जुत्ता , कपडा लगायतका सामान बरामद गरेको र केही बेरमा सार्वजनिक गर्ने पनि प्रहरीले जानकारी दिएको छ ।