Tuesday, July 1, 2025

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन

ताजा / भरखरै प्राप्त


राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हार्दिक स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै सो सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।
निरीक्षण तथा अवलोकन भ्रमण पश्चात आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका अत्यन्तै सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो ।सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles