रौतहट पुगेर आईजीपी कुँवरले भने – सीमा क्षेत्रको राजस्व चुहावट प्रहरीले मात्रै रोक्न सक्दैन राैतहटमा तस्करी रोकन
सबैको सहयोग चाहिन छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावटको घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् ।
रौतहटको सदरमुकाम गौरमा सोमबार जिल्ला प्रहरी कार्यालय भवन उद्घाटनका क्रममा आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले सीमाक्षेत्रमा हुने राजस्व चुहावट र छलीका घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएको हो । राजस्व चुहावट र भन्सा छलीका घटना रोक्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उनको भनाई रहेको छ ।यस्ता घटना रोक्न सबै नागरिकको पनि दायित्व रहेको उनले
बताएका छन् । प्रहरीलाई सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइरहेको छ ।