नियमकानुन छदैछन् , आन्तरिक परिपत्र , पनि छन् तरपनि सबैभन्दा बढी फौजीमा अनुशासन नै सबैभन्दा ठूलो कुरा हो । अनुशासनले बांधिएको कारण नै सिनियरहरूलाई अभिवादन गर्ने , सिनियर को आदेश र निर्देशन मान्ने प्रचलन फौजी संगठनमा रहने गर्छ । एकै दिनको नियुक्ति भए पनि अगाडि हुने बित्तिकै सिनियर मान्ने र आदर गर्ने परिपाटी र प्रचलन फौजी संगठनमा रहन्छ । अनुशासनले फौजी संगठन बांधिएकोले त्याहां चेन अफ कमान्ड रहेको छ ।तर कहिलेकाही माथिल्लो पदमा कार्यरत अफिसरले गलत निर्देशन दिने , गलत धन्दामा लगाउने र आफ्नो नीजि स्वार्थ पुरा गर्नको लागि गलत काममा प्रयोग गर्ने जस्ता कार्यले फौजी संगठन बदनाम हुदै आएका पनि छन् । यसबाहेक व्यक्तिको संकिण सोचाईले पनि कतिपय काम गर्दा फौजी संगठनमा अनुशासन बिग्रदै गएको पनि देखिन थालेको छ । त्यसैले पनि फौजी संगठनमा अनुशासन नमान्ने र चेन अफ कमान्ड तोड्नेलाई कारबाही गरेका थुप्रै उदाहरणहरू पनि छन् । तर पछिल्लो समय व्यक्तिको महत्वाकांक्षी स्वभाव र राजतीतिक हस्तक्षेपको कारण गलत गर्नेलाई कारबाही नहुने घटनाहरू बढ्दै गएको छ । यसले फौजी संगठनको संरचनामा प्रत्यक्ष असर परेको मात्रै होइन अनुशासनहीनता बढेको पनि देखिन्छ ।फौजी संगठनमा अनुशासनहीनताको घटनाको एउटा उदाहरण हामीलाई प्राप्त भएको छ । कुरा जिल्ला प्रहरी कार्यालय चितवनको हो ।चितवन जिल्ला प्रहरी कार्यालयमा डिएसपीको रूपमा रविन्द्र खनाल कार्यरत छन् । उनी केही दिन अघिमात्र जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका हुन् । ज्ञान कुमार महत्तो जिल्ला प्रहरी कार्यालय दोलखा सरूवा भए पछि उनको रिक्त दरबन्दीमा खनालको सरूवा भएको हो । कुरा उनी हाजिर भएको केही दिन यताको हो । जिल्ला प्रहरी कार्यालयमा नै कार्यरत निरीक्षक दीपक रिजाल डिएसपी रविन्द्र खनाल सुत्ने बेडमा गएर सुतिदिएछन् । चितवनमा डिएसपी र निरीक्षक सुत्ने क्वाटर एउटै भए पनि फ्लाट फरक फरक छ । त्यसमाथि निरीक्षक क्वाटर , डिएसपी क्वाटर भनेर स्पष्टसंग लेखिएको छ । तरपनि निरीक्षक दीपक रिजाल डिएसपी खनालको क्वाटरमा प्रवेश गरि बेडमा सुतिदिए पछि डिएसपी खनाललाई रिस उठ्नु स्वाभाविकै हो । उनले त्यो दृश्य देखेपछि रिजाल संग रुष्ट हुनु स्वाभाविकै थियो । यहाँ ( जिल्ला प्रहरी कार्यालय चितवनमा ) त इन्स्पेक्टर देखि डिएसपी डराउनु पर्ने रहेछ , अनुशासन भन्ने कुरा जिरो रहेछ , भन्दै डिएसपी खनाल हिड्न थालेका छन् ।
निरीक्षक दिपक रिजाल तिनै पात्र हुन् जो फर्कि फर्कि दोस्रोपटक चितवन जिल्लामा एउटै दर्जामा आएको मात्रै होइनन् कि मुद्दा शाखा पाइन भनेर दुई दिन मोवाइल अफ गरेर बसेका अधिकृत पनि हुन् । उता मुद्दा शाखा नपाएर निरीक्षक दीपक रिजालले दुई दिन त मोवाइल स्वीचअफ नै गरे । असईमा भर्ना भएर पछि निरीक्षक भएका दीपक रिजालले मुद्दा शाखा पाउनको लागि निकै जोडवल गरे । भनसुन गर्न पनि लगाए । तर एसपी राजन लिम्बूले उनको असली नियत थाहा पाएपछि मुद्दा शाखा दिएनन् । निरीक्षक दिपक रिजाल इप्रका माडीको प्रमुखको रूपमा कार्यरत थिए । कार्यकाल पुरा भए पछि उनको सरूवा ललितपुर परिसर भयो । त्यसपछि रमाना लिएर हिडेका उनी केही दिनमा फेरि चितवन नै काज गरेर आउन सफल भए । कारण के थियो भने चितवनको मुद्दामा हुने अतिरिक्त कमाई । यसबाहेक भेषराज रिजाल र उनी दाजुभाइ पर्ने रहेछन् । गौतम मिश्र चितवनको एसपी भएर जानू पहिले डिएसपी भए पनि भेषराज नै एसपी जस्तो पावर खेलाएर बसेका थिए ।
नव जनप्रहार