Saturday, March 15, 2025

जनकपुरधाम महोत्तरीसहित आज होली मनाइँदै:-

ताजा / भरखरै प्राप्त

आपसी भाइचारा र सदभावको पर्व होली जनकपरधाम महोत्तरीसहित आसपासका क्षेत्रहरुमा आज हर्सोल्लास पूर्वक होली मनाइँदैछ ।मिथिला क्षेत्रमा फागु पूर्णिमाको राति होलिका दहन गरेको भोलिपल्ट होली खेल्ने परम्पराअनुरूप आज होली पर्व मनाउन लागिएको हो ।तिथिको हेरफेरका कारण यस वर्ष मिथिलाञ्चल क्षेत्रमा तीन दिन होली पर्व मनाइएको छ । होलीमा एक आपसमा अबिर लगाएर खुसी र आत्मियता साटासाट गर्ने परम्परा रहेको छ ।
त्रेतायुगमा हिरण्यकश्यपुले आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकासँग छोरा प्रहृलादलाई मार्न आगोमा पठाउँदा होलिका नै भष्म भएको र प्रहृलादलाई केही नभएको हिन्दू धार्मिक मान्यता रहेको छ । असत्य माथि सत्यको विजयी भएको र शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक मानिएकी होलिका मारिएको खुसीयालीमा होली पर्व खेल्ने परम्परा सुरु भएको मानिन्छ । होलीको अवसरमा पुवा, पुरी, पकाैड, दही, दहीबारा आचार, र माछा मासु, जस्ता परिकारहरू बनाएर खाने चलन रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles