रौतहट जिल्लाको सबगढमा होली पर्वमा सद् भाव बिगार्नेलाई प्रहरीले पक्राउ गरेका छन् । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । रौतहटमा बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको
थियो । तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।
गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजेगाडी नियन्त्रणमा लिइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले बताएका छन् । त्यसैगरी होली पर्व मनाउने नाममा राैतहटको सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको राैतहटका प्रहरी प्रमुख (एसपी) घिमिरेले जानकारी दिएको हो ।
राैतहट प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी साधनहरु दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये एक जना लाई थप उपचारका लागि पर्सा जिल्लाका वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ।
होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख रहेको छ ।