नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी आज (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि, आज चैत, चार गतेको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेको हो ।
यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन् ।
अवकाश पाउनेमा प्रहरी महानिरीक्षक
बसन्त बहादुर कुँवर (आईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदैछन्। यस्तै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आज, १२ बजे रातिदेखि अनिवार्य अवकाशमा जाने भएका छन् ।
२०५१ साल चैत पाँच गते को प्रहरी सेवामा प्रवेश गरेका थिए । सोही ब्याचका एसपी श्यामकुमार राई र सञ्जयबहादुर राउत केही दिनअघि नै अवकाशमा गइसकेको बताइएको छ ।
आईजी कुँवरको अवकाशपछि नयाँ प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया अघि बढ्को छ। हाल आईजिपीका लागि प्रतिस्पर्धामा रहेका एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दाबेदारका रूपमा अघि आएका छन् ।
नयाँ आईजिपीको नियुक्तिसँगै एआईजी र डिआइजी पदका बढुवाका प्रक्रिया पनि अघि बढ्नेछ। यसका लागि प्रहरी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र हुने देखिएको छ । तर दिपक थापाको नेतृत्व प्रहरी संगठनमा बलियो रहेको देखिन्छन् ।
नयाँ (आईजीपी)को पदमा दिपक थापाको सम्भावना रहेको देखिएको छ । नेपाल प्रहरी प्रमुख (आईजीपी) बसन्त बहादुर कुँवर आज, सोमबार ४ गते १२ बजे रातिदेखि बिदा हुँदै छन् । दिपक थापा व्यापक नेतृत्वका अनुभव कमान्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, तथा नेपाल प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन,उनी नेतृत्व गरेको सबै जसो युनिटमा महत्त्वपूर्ण उपलब्धिहासिल गरेका छन् । जसका कारण आईजीपी पदका लागि बलियो उमेदवारको रुपमा हेरिएको छन् ।
नेपाल सरकारले नेपाल प्रहरीको ३१ औं आईजीपी सोमबार नियुक्त गर्ने भएको छ । ३० औं आईजीपी वसन्त कुवरको चैत ५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट ३१ औं आईजीपी चयन गर्ने भएको हो । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट आज १२ बजे रातिदेखि बिदा हुने भएका छन् ।