Tuesday, March 18, 2025

वडाध्यक्षमाथिको कुटपिटमा प्रहरी नै मुछिएपर्साका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथिको संघातिक हमलामा नेपाल प्रहरीकै एक वरिष्ठ सई मुछिएका छन् ।

ताजा / भरखरै प्राप्त

होलिको दिनमा वीरगञ्जको पानि ट्यांकीस्थित डाइमन प्यालेसमा सई सागर राणासहितको ७ जनाको समूहले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । तर, प्रहरीले उनको जाहेरी भने दर्ता गरेको छैन ।
पीडितबाट प्राप्त भिडियोमा कुटपिटमा अन्य एक जना प्रहरी पनि संलग्न रहेको देखिन्छ । प्यालेसका सञ्चालक वीरेन्द्र पटेलले आफ्नो छोराको जन्मदिन र होलीको अवसर पारेर आफ्ना इष्टमित्रलाई भोजमा बोलाएको बेला यो घटना भएको वडाध्यक्ष चतुर्वेदीले बताएका छन् ।सोही कार्यक्रममा सहभागी भएर खाना खाइरहेको बेला भूषाल चौरसियासहित सई राणाको समूह राती सवा ९ बजे एक्कासी भित्र प्रवेश गरी फलामको रड र हेल्मेट प्रहार गरी आक्रमण गरेको अध्यक्ष चतुर्वेदीले बताएका छन् । मुल ढोकामा रहेका पालेलाई समेत हातपात गर्दै भित्र प्रवेश गरेको उक्त समूहले ज्यान नै लिने उद्देश्यले आफूमाथि संघातिक आक्रमण गरेको चतुर्वेदीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।यद्यपी प्रहरीले जाहेरी दर्ता गर्न नमानेको वडाध्यक्ष चतुर्वेदीले बताएका छन् । प्रहरीले घाउचोटका लागि फारम दिएर टार्ने काम गरेको भन्दै उनले जाहेरी दर्ता गरेर प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ नगरे न्यायका लागि पत्रकार सम्मेलन गर्नुको विकल्प नरहेको बताए ।वडाध्यक्ष चतुर्वेदीले प्रहरीमा दिएको जाहेरीका बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालसँग बुझ्दा आफू स्ववियु निर्वाचनमा व्यस्त भएकाले उजुरीबारे केही जानकारी नभएको प्रतिकृया दिए ।यता, भूषाल चौरसियाले भने वडाध्यक्ष चतुर्वेदीले आफूहरूलाई गालीगलौज गरेपछि झगडा भएको बताउने गरेका छन् ।
घटनापछि वडाध्यक्ष चतुर्वेदी र चौरसिया वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। चतुर्वेदीको छाती र टाउकोमा चोट लागेको छ भने चौरसियाको हातमा चोट लागेको छ।घटनापछि भुसाल चौरासिया पक्राउ परेको भएपनि उनी सोही दिन नै छुटेको अध्यक्ष चतुर्वेदीले बताए ।त्यसो त वडाध्यक्ष चतुर्वेदी पनि बेला बेलामा विवादमा आइरहने व्यक्ति हुन् । उनीमाथि २०८० कार्तिकमा महानगरपालिकाको सरसफाई शाखामा कार्यरत ट्याक्टर ड्राइभर टेक महमदमाथि हातपात गरेको अभियोग लागेको थियो । अनलाइन नेपाल सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles