नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले आज दर्ज्यान चिन्ह लगाउँदै छन् ।गृह मन्त्रालयले मंगलबार आईजीपी थापालाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो ।
आईजीपी थापालाई गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दर्ज्यान चिन्ह लगाउने कार्यतालिका रहेको छ।सरकारले सोमबार थापालाई आईजीपीमा बढुवा गरेको थियो । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन ।