Tuesday, March 18, 2025

गाई गाेरू तस्करी शुरूनवलपरासी:-

ताजा / भरखरै प्राप्त

नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १२ हरकट्टा स्थित भित्री सडकखण्डमा रुपन्देहीबाट हेटौडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४७५ नं. को मिनि ट्रकमा १३ वटा गाई र ५ वटा गोरुलाई निर्दयी व्यवहार र अमानवीय ढङगले मापदण्ड विपरीत ढुवानी गरी लैजाँदै गरेको अवस्थामा प्रहरी बिट भुमही, इलाका प्रहरी कार्यालय सुनवल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिइएको छ उक्त गाई गोरुलाई सुनवल गौशालामा बुझाएको छ संलग्न ब्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी बाट पशुपंक्षी सम्बन्धि कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
भारतबाट लुकिछिपी गाईगोरु नेपाल ल्याउने र चरम यातना दिँदै अवैध ओसारपसार गर्ने गिरोह छ । गाईगोरुको तस्करी झन मौलाइरहेको छ । गोरुको नाक र पुच्छर डोरीले बाँधेको, सिङबाट रगत बगेको र केही गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । गाडीसहित नियन्त्रणमा लिइएका दुबैलाई पशुपंक्षीलाई निर्दयी व्यवहार गरेको कसूरमा मुद्धा चलाउने प्रहरीको तयारी छ । तस्कर पक्राउपछि राजस्व र भन्सारले लिन नमान्ने, भाडाको गाडी छाड्नुपर्ने, गाईगोरु धनी सर्कान नआउने जस्ता समस्याले तस्करी नियन्त्रण हुन नसकेपछि मुद्धा प्रक्रियामा जानु परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु दोषी ठहर भए पशुपंक्षीलाई निर्दयी व्यवयहारअन्तर्गत ३ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुबै हुने सजाय हुने व्यवस्था रहेको छ ।नव जनप्रहार सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles