Tuesday, March 18, 2025

नवनियुक्त आईजीपी थापाले गरे सेवा निवृत्त कुँवरलाई बिदाई:-

ताजा / भरखरै प्राप्त

अवकाश प्राप्त नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरको बिदाई गरिएको छ ।सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे ।कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा अवधि पुरा गरेर घर फर्किएका हुन् ।
उनीसँगै अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका पनि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुलाई पनि नवनियुक्त आईजीपीले मायाको चिनो प्रदान गरेर बिदाई गरे ।बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे ।
उनले प्रहरी सेवाबाट निवृत्त हुँदै सामाजिक जीवनमा प्रवेश गर्ने यस क्षणमा संगठनले प्रदान गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरे ।
साथै, नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिए ।समारोहमा कुँवरले आफ्नो कार्यकालमा भएका उल्लेखनीय उपलब्धिहरू समेटिएको प्रतिवेदन दिपक थापालाई हस्तान्तरण गरे । त्यसक्रममा नवनियुक्त आईजीपी थापाले निवर्तमान प्रहरी अधिकृतहरूको योगदानको प्रशंसा गर्दै नेपाल प्रहरीको श्रीवृद्धिमा उहाँहरूको भूमिकाले महत्वपूर्ण टेवा पुगेको बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles