राैतहट जिल्लाको गौर राईस मिलको जग्गा अधिग्रहण कार्य हाललाई गौर नगरपालिकाबाट भएका सबै निर्णय स्थगित गरेको छ ।
गौर राईस मिलको नाममा दर्ता रहेको जग्गाहरु विगत लामो समय देखि सार्वजनिक प्रयोगमा रही उक्त जग्गा प्राप्त गर्नु पर्ने जनचाहना अनुसार जग्गा प्राप्तिको लागि विभिन्न चरणको प्रयासहरु सफल हुन नसकी जनचाहना पूरा हुन नसकेको कारण गौर नगरपालिकाले नगरपालिकाको नागरिक एवं खेलाडीहरुको हकहितको लागि गौर राईस मिलको जग्गाहरु मध्ये २-१५-० जग्गा गौर नगरपालिकाले दानमा लिने निर्णय गरिएकोमा गौर राईस मिलको जग्गा बारे विगतमा गौर नगरपालिकाले गरेको निर्णयलाई नेपाल नागरिक समाज, रौतहटको नेतृत्वमा सर्वपक्षीय-सर्वदलीय टोलीले गौर राईस मिलको सबै जग्गा (५-१९-१५) अधिग्रहण गर्न रकमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको हुनाले अधिग्रहण कार्यलाई कार्यान्वयन गर्न विगतमा गौर नगरपालिकाबाट भएका सबै निर्णयहरु स्थगित गरिएको
जनाएको छ ।