Wednesday, July 16, 2025

पाटन अस्पतालबाट फरार भएका थुनुवा पक्राउ:

ताजा / भरखरै प्राप्त

ललितपुरको पाटन अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरमा फेला परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहिचान गरेर फरार थुनुवाबारे कञ्चनपुर प्रहरीलाई जानकारी गराएको थियो । लगत्तै आज कञ्चनपुरको टोलीले ती थुनुवा पक्राउ गरेको हो ।प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद फरार भएका थिए ।थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् । उनी झ्यालबाट हाम्फालेर भागेका थिए ।
१९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।
नव जनप्रहार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles