राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् उद्धारमा खटिँदा ज्यान गुमाएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडूवाललाई ५ लाख दिने निर्णय गरेको छ ।गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
काभ्रेको रोशीमा विपद् उद्धारमा खटिँदा स्वास्थ्य समस्या भएर सशस्त्र प्रहरी इन्स्पेक्टर बडूवालले ज्यान गुमाएका थिए ।असोज ११ र १२ मा आएको अविरल वर्षपछि रोशी गाउँपालिकामा उद्धारमा खटिएका बडूवाल गम्भीर बिरामी परेर उपचारको क्रममा उनको असोज २८ मा मृत्यु भएको थियो ।बडूवाललाई सम्मान गर्ने र परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।कार्यकारी समितिको ३० औँ बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागी पाँचवटा पाठ्यक्रम पारित गरेको छ ।