Friday, March 21, 2025

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा गाँजासहितको ट्रक पक्राउ ।

ताजा / भरखरै प्राप्त

बारामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरबाट हिजो बुधबार राति बाराका सशस्त्र प्रहरीले १०३ किलोग्राम गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएका छन् ।

रामनगरबाट कोतवालीतर्फ जाँदै गरेको उक्त ट्रकलाई सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटको बर्नरभित्र र ट्रकको हुडमा लुकाएर राखिएको गाँजा बरामद गरेको छ । चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएका छन् ।

बरामद गाँजासहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बारामा बुझाइएको बाराका सशस्त्र प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles