Thursday, March 27, 2025

क्याम्पस नेविसंघको बागी प्यानल नै निर्वाचित:-

ताजा / भरखरै प्राप्त

काठमाडौं – पद्मकन्या क्याम्पस (पीके) स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ। नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो। उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन्। पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन्। उनी हाल स्ववियु सचिव थिइन्।
भूपिको प्रतिद्वन्द्वीमा पूर्णिमा परियारले उम्मेदवारी दिएकी थिइन्। उनलाई देउवा र शेखर समूहको समर्थन थियो। सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत प्राप्त गरिन। कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएकी छिन् ।
त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles