जिल्ला धनुषा । धनुषाको मुखियापट्टिमा प्रहरीले हवाई फायर गरेको छ ।भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर गरेको हो ।
तस्करीहरुले प्रहरीमाथि नै आक्रमणका प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरिएको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरुले आक्रमणका प्रयास गरेका थिए ।
त्यसपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरेको हो ।
हवाई फायरपछि तस्करहरू भागेका थिए र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको धनुषा जिल्ला जनकपुरधामका प्रहरीले जनाएको छ ।