माओवादी पार्टीका तराई मधेस जागरण अभियान र बर्तमान राजनीति अवस्थाका बारेमा
माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विहान मर्निङ्गवाकसँगै जनतासँग भेटघाट गरेका छन् । प्रचण्ड सहित वीरगंज आएका शिर्ष नेताहरुको टोलीले आज विहान वीरगंजको विभिन्न ठाउँको अवलोकन गर्दै जनतासँग भेटघाट गरेको हो ।
प्रचण्डसहित शिर्ष नेताहरुको टोलीले वीरगञ्जको गण्डक बहुअरीबाट मर्निङ्गवाक गर्दै बिरगंजका घण्टाघर, मकालु चोक,पुरानो बस पार्क आदर्शनगर चोक, घडिअर्वा पोखरी, माईस्थान चोकलगायतका अवलोकन गर्दै जनतासँग भेटघाट गरेका छन् ।
पर्साका वीरगञ्ज लगायतका विभिन्न जिल्ला र विभिन्न ठाउबाट आएकोहरुले पनि प्रचण्डलाई स्वागत गरेका छन् । पर्साका जनता सँग आज विहान प्रचण्डले भेटघाट गरी वीरगञ्जको र पर्सा जिल्लाभरिका समस्या बारे जानाकरी गराएका छन् ।