Thursday, March 27, 2025

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित एकजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

झापाको भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागू औषध ब्राउन सुगर भित्राउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका-४ स्थित डागिबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका-१ घर भई हाल झापा कनकाई नगरपालिका-७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमामा तैनाथ सशस्त्रले शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको सारईन्थेंटिक झोलाभित्र रहेको सुगर क्रि बिस्कुटको प्याकेट भित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles