Sunday, June 29, 2025

प्रहरी परिचालन गरेर निगरानी गर्ने सर्लाहीको लालबन्दीका १९ अवैध स्वास्थ्य संस्थामा:-

ताजा / भरखरै प्राप्त

सर्लाहीको लालबन्दी नगरपालिकामा सञ्चालित १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएका सिंहले राति अबेरसम्म लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो ।मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी नगरपालिकास्थित नवलपुरको स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएको अस्पताल पुनः सञ्चालन भइरहेको गुनासो आएको र त्यस सम्बन्धमा स्थानीय प्रहरी परिचालन गरेर निगरानी गर्न प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई निर्देशन दिएको जानकारी दिनुभयो ।लालबन्दी अनुगमन गर्नुअघि प्रदेशभरका ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles