Tuesday, July 1, 2025

लागूऔषध नियन्त्रण सम्बन्धि अन्तर्कृया तथा छलफल:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत मातहत प्रहरी कार्यालयहरुमा लागूऔषध नियन्त्रण समूह खडा गरी सम्बन्धित लागूऔषध नियन्त्रणमा खटिएका सिनियर तथा जूनियर प्रहरी अधिकृत तथा उपत्यकाका २९ वटै सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु संग अन्तर्कृया तथा छलफल कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।
अन्तर्कृया तथा छलफल कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई सामुदाय स्तरमै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने प्रमुख उद्धेश्य सहित निश्चित मापदण्डका आधारमा दुरगामी योजना बनाई लागूऔषध विरूद्धको महाअभियान सफल बनाउन निर्देशन दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles