कुलमानलाई बर्खास्त गर्ने मन्त्री परिषदको निर्णय भएको छ ।
उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
कुलमान घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषदको बैठकले नै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।