राैतहट जिल्लाको गरुडानगरपालिका नगर प्रमुखले मुस्लिम समुदायका रोजादारहरुलाई फलफुल तथा फास्टफुड र पानी वितरण गरेका छन् ।
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजानको अवसरमा आज, मंगलबार गरुडा नगरपालिका वडा नं. १ जयनगर र वडा नं. ६ पोठियाही गाउँका मस्जिदहरूमा रोजादारहरूका लागि फलफुल तथा फास्टफुड वितरण गरिएका हुन ।
यस पवित्र महिनाभर अन्य वडाहरूमा पनि यस्तै भेटघाट तथा सामग्री वितरणलाई निरन्तरता दिने योजना मेयरको रहेको छ । रमजान आत्मसंयम, दानशीलता र परोपकारको प्रतीक हो । यो अवसरले सबैमा प्रेम, सद्भाव र एकताको भावना अझ मजबुत बनोस् भन्ने कामना नगर प्रमुखले दिएका छन् ।
गरूडा नगरपालिका नगर प्रमुख कन्थमुनी प्रसाद जयसवाल रौतहट ।