पर्साका सशस्त्र प्रहरीले पर्साको बिश्रामपुरबाट लुकाइ छिपाई राखिएको ६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
पर्सा बिरगंजका सशस्त्र प्रहरी बल पर्साले लागूऔषध गाँजा ६४ किलो बरामद गरेको हो ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाका बहुदरमाई नगरपालिका वडा – ९ बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउबाट ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले उक्त क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइ छिपइराखिएका ६ पोका गाँजा फेला पारेको हो, सशस्त्र प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको अवैध गाँजाको ठुलो परिमाण ६४ किलोग्राम रहेको छ ।
बरामद भएको गाँजा थप अनुसन्धानको लागि पर्साका इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले जानकारी दिएका छन् ।