प्रहरी एक्लैको शान्तिसुरक्षाका लागि प्रयास सम्भव हुँदैन : आईजीपी थापाले भनेका छन् ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्तिसुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई, स्वागत एवं छलफल कार्यक्रममा बोल्दै आईजीपी थापाले सो कुरा बताउनु भएका छन् ।
सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव नरहेको भन्दै समुदायहरुसँग हातेमालो गर्न आवश्यक रहेको आईजीपी थापाले
बताए हो ।
देशको शान्तिसुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने उनको भनाई रहेको छ ।
प्रहरीको जनशक्ति जनताको तुलनामा कम भएकाले यसलाई बढाउन पहल गरिने उनले बताएका छन् ।
चितवनको विभिन्न स्थानमा अस्थायी प्रहरीचौकीको आवश्यकता रहेको बताउँदै उनले यहाँका जनता र व्यवसायीको सुरक्षाका लागि आफू सधैँ सचेत भएको बताएका छन् ।