पर्साको बिरगञजमा ४७ औं नेत्रज्योति दिवसको अवसरमा निशुल्क आखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम समुदाय-प्रहरी साझेदारी अन्तर्गत “४७ औं नेत्र ज्योति दिवश २०८१ को उपलक्ष्यमा”जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी)गौतम मिश्रको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा नेपाल नेत्र ज्योति संघ पर्सा शाखा र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.८ स्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङणमा प्रहरी कर्मचारी-१३० जना ,थुनुवा-५५ जना जम्मा १८५ जनालाई नि:शुल्क आँखा परिक्षण कार्यक्रम गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लमसाल,नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय पर्साका बरीष्ठ उपाध्यक्ष श्याम कुमार पटेल, तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराका डाईरेक्टर नितिन तुल्सीयान,सोही अस्पतालका ब्यवस्थापक प्रकाश कुमार बर्मा,सचिन कुमार गुप्ता,अन्जली चौधरी, नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति पर्साका सभापति भागवती चौधरी,सोही कार्यालयका पूर्व सभापति मधु राणा,तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।