पर्सामा ६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
पर्साका सशस्त्र प्रहरीले पर्साबाट लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा पर्ने ढंगही खोला छेउ बेवारिस अवस्थामा लुकाएर राखेको अवस्थामा सोमबार गाँजा बरामद गरेको हो । बरामद गाँजा ६ वटा पोकामा ६४ किलो रहेको छ । बरामद गाँजा थप अनुसन्धानका लागि पर्साका इलाका प्रहरी कार्यालय पोखरीयामा
बुझाइको छ ।
पर्साका सशस्त्र प्रहरी प्रमुख(एसपी)राधेश्याम धिमाले बताएका छन् ।