बारा मटिअर्वाका दुई जवान प्रहरीलाई कार्वाही र निलम्बन गर्न बाराका सिडियोको आदेश भएको छ ।
बारा जिल्लाका कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा स्थित गण्डक नहर चौकमा तस्करीको समान भेटिए पछि, बाराका प्रजिअ बसन्त अधिकारीको अगाडि नै नेपाल प्रहरी र शसस्त्र प्रहरीको जवानहरूले भारतबाट अबैध समानहरु तस्करी गराईरहेको पाएपछि कारवाही गर्न निर्देशन दिएका छन् । तर बारा जिल्ला प्रहरी कार्यालयका घुमुवा र प्रहरी चाैकि मटिअर्वाका बरिस्ठ सई, र सशस्त्र प्रहरी गुल्म डीएसपी को संरक्षणमा मटिअर्वाको नाकाबाट तस्करी भएको स्थानीयहरुले बताउँछन् । कार्वाही गर्नुपर्ने र कार्वाही हुनु पर्ने कलाई कार्वाहीको भाग्यदार को ?