Sunday, March 30, 2025

संयुक्त जनआन्दोलनको कमाण्डर बने प्रसाई:-

ताजा / भरखरै प्राप्त

राजसंस्था पुनःर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिइएको छ।
समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै कमाण्डरको जिम्मेवारी प्रसाईलाई दिइएको जानकारी गराएको हो ।संवैधानिक राजसंस्थाको पुनःर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने
जनाएको हो ।
चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नव जनप्रालहारलाई जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles