Tuesday, April 1, 2025

क्याम्पसको स्ववियु सभापतिमा राजकुमार यादव विजयी:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला पक्षधर राजकुमार यादव विजयी भएका छन ।
आज,बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार यादव १११५ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी, (नेविसंघ) का आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत ल्याएको बताइएको छ ।
यसैगरी, समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२ मत, र
सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मतप्राप्त गरेका थिए।
स्ववियु सभापति पदमा कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।
नव-निर्वाचित सभापति यादव नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला समूहका रहेको बताइएको छ ।
पार्टीले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि उनले ‘नेपाल विद्यार्थी समूह’ नामक छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेको रहेको छन् ।
यादवलाई कांग्रेसका पर्सा जिल्ला नेता अजय दुवेदी, प्रदेश सांसद श्याम पटेल, नेता अरविन्द गुप्ता, वैकुण्ठ श्रीवास्तव, नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी, विकाश पटेल, नेविसंघको पूर्व जिल्ला अध्यक्ष विश्वास दुवेदीलगायत नेताहरूले समर्थन गरेका थिए ।
अन्य पदहरूमा पनि यादव समूहको वर्चस्व
स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मत सहित विजयी भएकी छन् समाचारमा बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles