पानीमा नसालु पदार्थ मिसावट गरेर
अचेत बनाई किशोरीमाथि बलात्कार, गर्ने
१० हप्ताको गर्भपछि आरोपित पक्राउ परेका छन् ।
पानीमा नसालु पदार्थ सेवन गराई अचेत बनाएर एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्साका एक ब्यक्तिलाई पक्राउ गरेको छ।पीडित किशोरीकै उजुरीका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–३१ इस्लामपुर घर भई मुर्लीमा बस्दै आएका ५२ वर्षीय शेख महमद अनवरलाई पक्राउ गरेको हो।पर्साका प्रहरीका उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाई पटक–पटक बलात्कार गरेको आरोप लागिएको छ । किशोरी गर्भवती छिन्।
मेडिकल परीक्षण गराउँदा १० हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको हो,प्रहरी समक्ष बयान दिएकी छिन् ।