Monday, March 31, 2025

पर्साका नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण:-

ताजा / भरखरै प्राप्त

ईदको अवसरमा पर्साका बिरगञजमा रहेको नेशनल मेडिकल कलेजद्वारा गरिब तथा अनाथ बालबालिकाहरुलाई कपडा वितरण गरेका छन् ।
पर्साका वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले ईदको अवसरमा पर्सा र बाराका विभिन्न अतिमखाना (अनाथालय) र मदरसामा अध्ययनरत गरिब तथा अनाथ छात्रछात्राहरुलाई नयाँ कपडा वितरण गरेको छ।
रमजान महिनाको अन्त्यमा मनाइने ईद उल-फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले यस्तो सराहनीय कार्य गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीका अनुसार, “ईदको दिन मदरसाका गरिब अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं । यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास रहेको बताएका छन् ।
यस पटक पर्सा र बाराका ९ वटा अतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्र छात्राहरुलाई पुग्ने गरी कुर्ता–पाइजामा को कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिएका छन् ।
यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महत्वपूर्ण योगदान दिने विश्वास लिइएको उनले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles