सोसाइटीले शुक्रबार साँझ विज्ञप्ति जारी गरी व्यवस्था परिवर्तनका नाममा अराजक समूहले गरेको खुलेआम आक्रमणको विरोध गरेको हो ।सञ्चारगृहमाथि हिंसात्मक आक्रमण अक्षम्य हुने भन्दै सोसाइटीले शुक्रबारको घटनालाई प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला भनेको छ ।
मिडिया सोसाइटीले विज्ञप्तिमा भनेको छ, ‘व्यवस्था परिवर्तनका नाममा अराजक समूहका यस्ता भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन तथा सुपर मार्केटदेखि दलका कार्यालय र सरकारी संस्थानहरूमाथिको आक्रमण तथा लुटपाटले प्रदर्शनकारी र तिनका अगुवाहरूको चरित्रलाई उदाङ्गो पारेको छ ।’
सोसाइटीले आगामी दिनमा कुनै पनि बहानामा हुने हिंसात्मक प्रदर्शन वा आक्रमणप्रति सचेत रहन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।उसले आयोजकलाई घटनाको जिम्मा लिंदै कानुनी कठघरामा उभिएर जवाफदेही पालना गर्न आग्रह गरेको छ । अनि आक्रमणमा संलग्नहरूमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।