Tuesday, April 1, 2025

१०३ किलो गाँजा सहित ट्रक पक्राउ,चालक फरार:-

ताजा / भरखरै प्राप्त

बाराका सशस्त्र प्रहरीले बाराको पचरौताबाट ट्रकमा लोड गरिएको १ सय ३ किलो गाँजा बरामद गरेका छन् । ना ८ ख ९०२७ नम्बरको १२ चक्के ट्रकमा लोड गरि रामनगर देखि कोतवाली तर्फ जादै गरेको अवस्थामा पचरौता नगरपालिका वडा नम्बर ३ राम नगर टोलबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बीओपी बेनौलीका सप्रनानि बिश्वराज कुँवरले जानकारी दिएका छन् ।
उनका अनुसार १० वटा पोकामा चालक बस्ने सीटमुनी तल र माथिको हुडमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको छ । गोप्य सूचनाको अधारमा बीओपी बेनौलीका सप्रनानि कुँवर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो । अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको सप्रनानि कुँवरले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles