काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ ।काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो ।
महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना
तोकेको हो ।
आज, १६ गते शनिबार महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो । संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको
बुझिएको छ ।