Tuesday, April 1, 2025

सुरेश रजकको हत्या र सञ्चारमाथि आक्रमण दु:खद:-

ताजा / भरखरै प्राप्त

एभिन्युजकर्मि सुरेश रजकको हत्या र सञ्चारमाथिको आक्रमणकाका विरोधमा
रौतहट जिल्लाको सदरमुकामको गौरमा श्रमजीवी पत्रकार संघले पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएका ज्यादतीको विरोधमा प्रदर्शन गरेका छन् ।
उक्त विरोध प्रदर्शन गौरको पुरानो बिपी चैल नयाँ बन्दै गएको घण्टाघर नजिक आयोजना गरिएको थियो।
श्रमजीवी पत्रकार संघ रौतहट शाखाले पत्रकार रजकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै, सञ्चार माध्यममाथि हुने आक्रमण र ज्यादतीको अन्त्य हुनुपर्नेमा जोड दिएको बताइएको छ ।
उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । पत्रकारहरूले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्दा सुरक्षाको प्रत्याभूति हुनुपर्ने र यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गररिहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles