Tuesday, April 1, 2025

सुरेश रजकको हत्या विरुद्धमा पर्साका पत्रकारहरु सडकमा:-

ताजा / भरखरै प्राप्त

एभिन्युजकर्मि सुरेश रजकको हत्या र सञ्चारमाथिको आक्रमणकाका विरोधमा
पर्सा जिल्लाका सदरमुकामको बिरगंजमा सडकमा विरोध प्रदर्शण गरेका छन् ।
पत्रकारले पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यममाथि भएका ज्यादतीको विरोध प्रदर्शन गर्दै गरेका छन् ।
उक्त विरोध प्रदर्शन घण्टाघर नजिकबाट सुरु आयोजना गरिएको थियो।
पत्रकार रजकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पर्साका पत्रकारहरुले माग गरेका छन् । साथै, सञ्चार माध्यममाथि हुने आक्रमण र ज्यादतीको अन्त्य हुनुपर्नेमा जोड दिएको बताइएको छ ।
उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । पत्रकारहरूले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्दा सुरक्षाको प्रत्याभूति हुनुपर्ने र यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने पर्सेली पत्रकार माग गरेकोे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles