नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा भएको हिंस्रक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
बैठकले कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।