नेपाल प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्तिसंगै प्रहरी मुख्यालय भित्रका महत्त्वपूर्ण र अति जिम्मेवार र संवेदनशील ठाउँमा कार्यरत प्रहरी कर्मचारी परिवर्तन हुनु स्वाभाविकै हो । यो विगतौं देखि चलिआएको आन्तरिक नीति नै हो । नयाँ प्रहरी प्रमुखले आंफुलाई सहज र सहयोग र विश्वासपात्र व्यक्तिलाई महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी दिनु स्वाभाविकै हो । ताकि भोलि आंफुले ल्याएको व्यक्तिले गलत र बदमासी नगरोस् ।
हालका प्रहरी महानिरीक्षक दीपक थापाले अहिलेसम्म मुख्यालय भित्रका अति महत्त्वपूर्ण मानिएका ठाउँहरूमा कुनै व्यक्ति परिवर्तन गरेका त छैनन् । तर उनी प्रमुख बनेको पनि धेरै दिन बितेको छैन । तथापि प्रहरीको केन्द्रीय लेखाको प्रमुख रहेका डिएसपी निर्मल बुढाथोकी र एसपी पदमा बढुवा भएसंगै रिक्त उक्त स्थानमा महानिरीक्षक थापाले डिएसपी दिपेन्द्र शाहीलाई ल्याएका छन् । उनी यसअघि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) मा नै कार्यरत थिए । जहाँ प्रहरी महानिरीक्षक हुनुभन्दा अगाडि दीपक थापा नै प्रमुखको रूपमा कार्यरत थिए । यसअघि शाही निरीक्षक हुदां प्रहरीको कल्याण निर्देशनायमा पनि कार्यरत थिए । २०७० मा असई दर्जाबाट नेपाल प्रहरी प्रवेश गरेका शाहीले पछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका हुन् ।
नेपाल प्रहरीको सबैभन्दा आर्कषक मानिने प्रवन्धमा आउन सक्ने पनि केही एसपीहरूको नाम चर्चामा रहेको छ । हालका एसपी गोविन्द पुरीको समयावधि पनि पुगिसकेको र जिल्ला कमान्ड पनि गर्नुपर्ने भए पछि उनले सरूवा जान चाहेको समेत थाहा भएको बताइएको छ । उनी कुनै जिल्ला कमान्ड गर्न गएपछि रिक्त उक्त प्रवन्ध शाखामा आउनका लागि बिशेष गरेर तीन एसपीको नाम चर्चामा रहेको छ । चर्चामा रहेका एसपीहरूमा हालै लेखाबाट एसपीमा बढुवा भएका निर्मल बुढाथोकी , पहिले भण्डारमा बसेका नवराज मल्ल र पहिले कल्याण , आलेप जस्ता ठाउँमा कार्यरत किशोर श्रेष्ठ छन् । अन्यत्र भन्दा लेखा , प्रवन्ध , भण्डार , आलेप र बजेट शाखामा बस्ने एसपीहरूलाई आर्थिक ऐन नियम देखि आर्थिक प्रशासनसंग सम्बन्धित कुराहरू धेरै जानकारी हुनुपर्ने भएको कारण पनि लेखा र आर्थिक प्रशासन जानेको एसपीको खोज हुने गर्दछ । अब नयाँ प्रहरी महानिरीक्षक थापाले यिनै मध्ये ल्याउंछन् वा उनको नजरमा अन्य कोही छ त्यो भने हेर्न बांकी नै रहेको छ ।