सशस्त्र प्रहरीले उदयपुरको बेलका नगरपालिका–६ असारे मूर्तिखोलाबाट ८९१ केजी गाँजा बरामद गरेका छन् । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा हिजो,शनिबार बेलुका सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । मूर्तिखोला किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीका ईन्स्पेक्टर नरेश चौधरीले बताएका छन् ।