Monday, June 30, 2025

तराईका जिल्लाहरुमा हर्षोल्लाका साथ ईद-उल-फित्र मनाईयो:-

ताजा / भरखरै प्राप्त

मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाहीलगायत जिल्लाहरूमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीले हिजो सोमबार इद उल फित्र अर्थात इद हर्षोल्लासका साथ मनाएका छन् ।
हिजरी सम्वतको महिनाभर रोजा अर्थात दिनभरी व्रत बसिसकेपछि इस्लाम धर्मावलम्बीले हर्सोल्लास पूर्वक यो पर्व मनाउने
गर्छन् । यसदिन बिहान नुहाईधुवाई गरी सेवई, खजुर, फलफूल लगायत मीठा परिकार खाने प्रचलन रहेको छ । इदगाह, खुला मैदान अर्थात मस्जिदमा गएर सामूहिक रूपमा इदको नमाज (प्रार्थना गरेपछि) नमाज पढेपछि इदको शुभकामना आदानप्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गरी एकापसमा विश्वास गर्ने परम्परा रहेको महागढीमाई नगरपालिका–१० का ८५ वर्षीय फरमान अन्सारीले बताउनुभएको छ ।
ईदगाहबाट घरमा आएर आफन्त र छिमेकहरूलाई बोलाएर पहिला (माटोको कचोरा) र अहिले प्लास्टिकको कचोरी भनिने प्यालीमा सेवई, खजुर लगायतका मिठो खानेकुरा खुवाउने तथा इदको खुसियाली सबैलाई हुनुपर्छ भन्ने मान्यताले गरिबलाई समेत खानेकुरा छुट्याएर दिने गरेका कलैया उपमनगरपालिका १८ निवासी एवम् नेपाल मुस्लिम इतेहाद सङ्गठनका केन्द्रीय सदस्य राजमहमद मियाले बताउनुभयो ।
मुस्लिम समुदायहरूले एक महिनासम्मको रोजामा भएका कमि कमजोरी निर्मूल गर्न तथा इदको खुसियालीबाट गरिबलाई समेत बञ्चित रहन नदिन “शदकतुल फित्र” घरका प्रत्येक सदस्यहरूको खर्च वापतको फित्रा पौने दुई किलो चामल वा गहुँ मूल्य बराबरको रकम परिवारका प्रत्येक सदस्यका तर्फबाट गरिबका लागि निकाल्नुपर्ने मान्यता रहेको जामे मस्जिद कलैया स्थित मदर्सा इस्लामीया बहरुल उसुमका अध्यक्ष ७५ वर्षीय महमद साजिर मियाले बताउनुभयो ।
‘‘यो पटक एक जना व्यक्तिबाट ११५ रुपियाँका दरले “शदकतुल, फित्रा, अर्थात जाकात” निकालिने समुदायमा तय भएको थियो, सो अनुसार रकम निकालिएको छ’’ उहाँले भन्नुभयो । कुबार्नी पर्वका लागि सन्तान जस्तै घरमा पालिएको बोका अर्थात बाख्राको पनि जातात निकालिने परम्परा रहेकाले त्यसको नाममा पनि सबैतीर अंश छुट्याएर मस्जिदमा पठाइएको छ । यसरी सम्पत्ति चुक्ता गर्नाले उहाँसँग बाँकी भएको सम्पत्ति शुद्ध हुने विश्वास रहि आएको मदर्सा गौसिया गुलसने मदिना गञ्जभवानीपुरका मौलाना शाह महमदले जानकारी दिनुभयो ।
एक वर्षमा आफुले कमाएको सम्पत्तिबाट अढाई प्रतिशत तथा आमाबुवा, बाजे, सन्तान वा खुसीमा दान गर्नुलाई सदका भनिन्छ । यसरी प्रत्येक घर परिवारबाट जम्माहुने उक्त रकम गरिब, दुःखी, फकिर र असहायहरूलाई वितरण गर्ने गरिन्छ, नेपाली कांग्रेस आबद्ध मुस्लिम युवा सङ्गठनका महासचिव तथा कलैया उपमहानगरपालिका १८ का प्रवेज आलम अन्सारीले जानकारी दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles