नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँमा केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने
भएका छन् ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन आज बुधवार देखी गर्न लागेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताएको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ रहेको छ ।
आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको बताएका छन् ।
हाल काठमाडौँमा रहेका र आजसम्ममा आउन लागेका आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिएका छन् ।
नेपाल शिक्षक महासंघको
सम्बन्धित विषय
काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन गर्ने भएका छन् ।