बाराका कलैया । सशस्त्र प्रहरी बल कबहीगाेठका निरीक्षक श्याम बाबु यादव बर्दिबास स्थित बाहिनीमा तानिएका छन् । कबहीगाेठ क्षेत्रबाट केही दिन यता तस्करी भैरहेको र सशस्त्र प्रहरीले लाइन दिएको भन्ने समाचारहरू प्रकाशित मात्रै भएको थिएन । सर्वसाधारण जनताले तस्करी भएको सामान बाेकेकाे पिकअप गाडी समेत पक्राउ गरेर सार्वजनिक गरेपछि तस्करीको सन्जाल उजागर भएको थियो । अहिले उक्त भिडियो भाइरल भैरहेको छ । बाराका नाकाबाट तस्करी भएकाे पुष्टि त प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले केही दिन अगाडि सार्वजनिक गरेका थिए । तर पनि बाराका नाकाहरुबाट तस्करी राेकिएकाे छैन । सशस्त्रका डीआईजी कालिदास धाैबजीले निरीक्षक श्याम बाबु यादवलाई छानबिनका लागि तानिएको हो, बताएका छन् ।