Sunday, August 17, 2025

बिरगंज महानगरमा प्रदूषण फैलाएको स्थानीयद्वारा उद्योग घेराउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगंज महानगरपालिका वडा नं. ३२ मा रहेको रड तथा पाइप उत्पादन गर्ने जगदम्बा इन्टरप्राइजेज उद्योगले प्रदूषण फैलाएर मानव स्वास्थ्यमा गम्भीर असर पुर्याई रहेको आरोप लगाउँदै स्थानीयले बिहीबार आज बिहानैदेखि उद्योग घेराउ गरेका छन् ।
उक्त उद्योग नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुंगटाको स्वामित्वमा रहेको बताइएको छ ।
स्थानीयको विरोधपछि कांग्रेस नेता रुंगटाको प्रभावमा प्रहरीले पनि हस्तक्षेप गर्दै उद्योग पुनः सञ्चालन गराउने प्रयास गरेको पर्साका स्थानीयले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles